बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • खर्चमा ९० प्रतिशतसम्म कटौती गर्ने रूसी नागरिकको प्रतिवद्धताः सर्वेक्षण
राष्ट्र

खर्चमा ९० प्रतिशतसम्म कटौती गर्ने रूसी नागरिकको प्रतिवद्धताः सर्वेक्षण

मस्को, ११ वैशाखः कोभिड–१९ सङ्क्रमण फैलिने क्रमसँगै रूसी नागरिकहरूले समानहरूको दैनिक उपभोग दरलाई झण्डै ९० प्रतिशतले कटौती गरेको बिहीबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनमा बताइएको छ । रूसी संस्था ‘ग्यालप इन्टनेशनल एसोसिएसन’ अन्तर्गतका ‘वोस्टन कन्सल्टिङ ग्रुप’ र ‘रोमिर’ले रूसी नागरिकहरूसँग गरेको सोधखोजका क्रममा उक्त प्रतिवद्धता व्यक्त गरिएको हो । कोभिड–१९ सङ्क्रमणसँगै रूसमा विभिन्न एक हजार २०० सहभागीलाई ४० भन्दा बढी उत्पादन र सेवाका बारेमा गरिएका प्रश्नका आधारमा उक्त अध्ययन गरिएको थियो ।

खर्च कटौती, सामानको व्यक्तिगत सञ्चिति र सामानको मागसँगै बढ्नसक्ने मुल्यको सावधानीका साथ व्यवस्थापन गर्नु व्याप्त आर्थिक सङ्कटका समय व्यक्ति, सामाज र तथा प्रशासनको चुनौती भएको प्रतिक्रिया आएको रोमिरका अध्यक्ष एन्ड्रेइ मिल्योन्किनले बताउनुभयो । सङ्कटका समय कम्तीमा आगामी छ महिना खर्चलाई कटौती गर्ने र आफ्नो खर्च योजनाको करिब २० प्रतिशत खाद्यान्न र ३७ प्रतिशत लत्ताकपडाबाट बचत गर्ने बताएका सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागी ५१ प्रतिशत अर्थात ६१२ जना उत्तरदाताले आफ्नो खाली समयलाई आगामी छ महिनासम्म कटौती गर्ने, २५ प्रतिशतले गरगहनामा, २९ प्रतिशतले अत्तर, ३४ प्रतिशतले फर्निचर र ३७ प्रतिशतले विद्युतीय तथा अन्य घरयासी सामानमा गरिने खर्चलाई कटौती गर्ने बताएका उल्लेख छ । औसतमा ४७ प्रतिशतले सार्वजनिक यातायात, २९ प्रतिशतले ट्याक्सी खर्च र ५६ प्रतिशतले निजी सवारी साधन कार तथा मोटरसाइकललाई आलोपालोमा चलाएर ५६ खर्चलाई कटौती गर्ने बताएका सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । (रासस/सिन्ह्वा)

चर्चामा

सम्बन्धित समाचार