बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • दिवेशलाई ‘अमेरिकन आइडल’ जिताउन तपाई पनि भोटीगंका लागि तयार रहनुहोस्
मनोरञ्जन

दिवेशलाई ‘अमेरिकन आइडल’ जिताउन तपाई पनि भोटीगंका लागि तयार रहनुहोस्

क्यालिफोर्निया । अमेरिकाको रियालिटी शो ‘अमेरिकन आइडल’का विभिन्न राउण्डमा लागातार जजको मन जितेका नेपाली युवा गायक दिवेश पोखरेललाई आगामी अमेरिकन आइडल बनाउनका लागी पहल थालिएको छ । स्टेज नाम अर्थर गन भएका दिवेश उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको र हाल विचिटा, कान्सासमा परिवार सहित छन् ।

अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन उनको परिवार र साथीभाईहरु लकडाउनका बाबजुत पनि लागि परिरहेका छन् ।

जसका लागि अप्रिल २६ देखि २९ तारिखसम्म भोटीगं गर्नुपर्ने हुन्छ । उनको परिवार र साथीभाईहरुले भोटीगका लागि विश्वभर छरिएर रहेका नेपालीहरुलाई आग्रह गरेका छन् । भोटीगं २६ गतेदेखि सुरु हुने बताइएको छ । जसमा एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोटीगं गर्न पाउने ब्यबस्था गरिएको छ ।

नमस्कार, नमस्ते: आर्थर गन / दिवेश पोखरेल प्रशंसक, अमेरिकी मित्रको लाइभ राउन्ड पछि अप्रिल २६, २०२० मा हाम्रो साथी र भाई दिवेश पोखरेललाई मतदान गर्ने समय आएको छ।

प्रत्येक व्यक्तिले ३० पटक मतदान गर्न सक्दछ, यहाँ तर ३ तरीकाले मतदान गर्न सकिन्छ:

१. प्रतिस्पर्धी संख्या प्रत्यक्ष लाइभ कार्यक्रम पछि दिइनेछ र प्रतियोगी संख्या २१५२३ मा पाठउने गर्नुहोस् (हामी यस तरीकाले १० पटक मतदान गर्न सक्छौं)

२. एप्पल आईओएस अनुप्रयोग स्टोर वा एन्ड्रोइड स्टोरमा जानुहोस् र अमेरिकी आइडल अनुप्रयोग डाउनलोड गर्नुहोस्, खाताको लागि साइन अप गर्नुहोस् र १० पटक मतदान गर्नुहोस्।

Idol. idvvote.abc.com मा जानुहोस् र पहिले सिर्जना गरिएको उही खाताको साथ लगइन गर्नुहोस् र १० पटक थप मतदान गर्नुहोस्। आर्थर गनलाई अर्को अमेरिकी आइडल बनाउन दिनुहोस्।

चर्चामा

सम्बन्धित समाचार