बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • दानीलाई हानी हुँदैन – कोरोना जस्तो महामारी वाट वँच्न गाउँमा दुर्लभ रहेको माक्स वितरण
Breaking News

दानीलाई हानी हुँदैन – कोरोना जस्तो महामारी वाट वँच्न गाउँमा दुर्लभ रहेको माक्स वितरण

नेपाली कांग्रेस नुवाकोट जिल्लाका सभापति जगदीश नरसिंह केसीले नुवाकोटमा रहेका गाउँले किसान तथा विकट ठाउँमा जनतालाई अहिले कोरोना जस्तो महामारी वाट वँच्न गाउँ मा दुर्लभ रहेको माक्स वितरण गर्नु भएको छ । उहाँ कै माध्यमवाट नुवाकोट जिल्लाका व्यवसायिक कृषिमा संलग्न किसान र वृद्धवृद्धाका लागि नेपाली कांग्रेसले मास्क वितरण गरेको हो । जिल्लाका सबै १२ वटा गाउँ/नगर पालिकाका पार्टीका सभापतिमार्फत प्रत्येक वडामा मास्क वितरण गरिएको हो ।

केसी भन्नु हुन्छ “पार्टीका तर्फबाट मैले बैसाख ९ गते मङ्गलबार गाउँ/नगर सभापतिलाई मास्क हस्तान्तरण गरेको छु । सो मास्क सबै वडामा दामासाहीले हुनेगरी फ्रन्ट लाइनमा रहेर कृषि कर्ममा संलग्न किसान र वृद्धवृद्धालाई वितरण गरिने छ । संख्या थोरै भएकाले आवश्यकताको वर्गीकरण गरी अति आवश्यक परेकाहरूलाई वितरण गर्न साथीहरूसँग आग्रह गरिएको छ ।पार्टीले आउँदा दिनमा पनि जनताको दुःखमा सक्दो सहयोग गर्दै जाने कुरा जानकारी दियको छ।”

तेस्तै गरी “यसोदादेबि भगवानसिंह केसी मेमोरियल ट्रस्टको सभापति डाक्टर केदार नरसिंह केसी र सो ट्रस्टको माहासचिब जगदिस्वर नरसिंह केसीले नुवाकोट सबै एम्बुलेस चालक १९ जनालाई पीपीई गर्नु भएको छ । त्यसरीनै रसुवा जिल्ला को कालिका गाउपालिका र लहरेपौव गाउपालिकालाई ५/५ पीपीई बितरण गरेको छ ।” उक्त कुरा ट्रस्टको सभापति डाक्टर केसीले जानकारी गराऊनु भयो ।

यसरी धेरै पटक आफ्नो जिल्लामा परेको परेको वेलामा केसी परिवारले नुवाकोट वासीलाई केहि न केहि रूपमा सहयोगको हात बढाई रहनु भएको छ । अहिले कोरोनाको संक्रमणको अवस्थामा माक्स लगायत यी सामग्रीहरू जता ततै सटेज भएको वेलामा गाउँका सर्वसाधारण व्यक्तिहरूले यस्तो सामाग्रि पाउनु भनेको महत्वपूर्ण कुरा हो । केसी परिवारको सहयोगी हातको जति चर्चा गरे पनि कमै हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार