बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • पक्राउ परेपछि ज्ञानेन्द्र शाहीले प्रहरीकै अगाडिबाटै यस्तो भने ! पक्राउ पर्नुको भित्री कारण यस्तो रहेछ (भिडियो हेर्नुस)
Breaking News

पक्राउ परेपछि ज्ञानेन्द्र शाहीले प्रहरीकै अगाडिबाटै यस्तो भने ! पक्राउ पर्नुको भित्री कारण यस्तो रहेछ (भिडियो हेर्नुस)

‘हाम्रो नेपाल हामी नेपाली’का अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको हो । सरकारले आफूखुसि राहत वितरण गर्न छुट नदिईरहेका बेला अनुमति समेत नलिई लकडाउन उल्लङ्घन गरि राहत बाड्दै र देशविदेशमा रहेका नेपालीहरुसंग राहतको लागि पैसा उठाएको कारण शाहीलाई नियन्त्रणमा लिएको बुझिएको छ । मंगलबार विहान राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाहीलाई पक्राउ गर्न प्रहरी टोली ललितपुरस्थित सुनाकोठी पुगेको थियो ।

त्यस क्रममा शाहीलाई पक्राउ गर्न गएको टोलीले शक्ति ठाकुरीसहित केहीलाई नियन्त्रणमा लिइ महानगरीय प्रहरी परिसर ललितपुरमा लगेको थियो । सरकारले कोरोना संक्रमणको महामारीका बीच सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न पाउने व्यवस्था छ । (भिडियो हेर्नुस)

चर्चामा

सम्बन्धित समाचार