मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • शरीरमा कुनै पनि चोटपटक नलागेको अबस्थामा गौशालाको झाडीमा बोराभित्र फेला पर्यो शव
Breaking News

शरीरमा कुनै पनि चोटपटक नलागेको अबस्थामा गौशालाको झाडीमा बोराभित्र फेला पर्यो शव

काठमाडौ, ८ बैशाख– प्रहरीले गुहेश्वरीमा बोरा भित्र एक पुरुषको शव फेला पारेको छ। काठमाडौंको गौशालामा एक पुरुषको शव फेला परेको हो । अन्दाजी ४० वर्षीय पुरुषको शव झाडीमा फोहोरको थुप्रोमा फेला परेपछि त्यहाँका स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

खुट्टामा कुनै पनि जुत्ता चप्पल नभएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । खबर पाए लगत्तै महानगरीय प्रहरी अपराध महाशाखा अनुसन्धान गर्न घटनास्थलमा खटिएएका थिए । मृत्यु हो या वा हत्या के हो खुल्नसकेको छैन।शवको पहिचान हुन नसकेको र पोष्टमार्टमको लागि टिचिङ पठाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै