मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • यसरि बचाउनुहोस मोबाइललाई कोरोनाबाट !
सूचना/प्रबिधि

यसरि बचाउनुहोस मोबाइललाई कोरोनाबाट !

मोबाइल हाम्रो दैनिकीको सबैभन्दा नजिकको वस्तु हो । आजकल मोबाइल दैनिकी बनेको छ । साना बच्चादेखि बुढाबुढीसम्मले प्रायः हरेक समय यसको प्रयोग गर्ने गरेका छन् । अनेक प्रकारका की टा णु र भाइ रस हातमा मात्र नभएर सतहमा पनि घन्टौँसम्म रहन्छन् । यसकारण अहिलेको अवस्थामा हामीले प्रयोग गर्ने मोबाइलमा पनि को रोना रहन सक्छन् । यद्यपि, भाइ रसमुक्त मोबाइल बनाउन भने सकिन्छ । यसका लागि यसरी मोबाइललाई सफा राख्नुपर्छ :

मोबाइल सफा गर्न चस्मा पुछ्ने किसिमको माइक्रोफाइबरयुक्त कपडा प्रयोग गर्नुपर्छ । कपडामा हल्का साबुनपानी राख्ने र त्यसलाई ओस्याएर मोबाइलको स्क्रिन सफा गर्नुपर्छ । अन्य कुनै प्रकारको ‘लिक्विड वास’ प्रयोग गर्नु उचित हुँदैन ।सुरुमा मोबाइलको कभर केस निकाल्ने । सहजताका लागि मोबाइल ‘स्विच अफ’ पनि गर्न सकिन्छ । त्यसपछि, माइक्रोफाइबरयुक्त कपडा प्रयोग गर्ने । जस्तै, चस्मा पुछ्ने कपडामा हल्का साबुनपानी राख्ने । कपडा ओस्याएर मोबाइलको स्क्रिन सफा गर्नुपर्छ । यसबाट मोबाइलको सतहमा रहेका की टा णु र ओसिलोपन हट्छ । यसबाहेक, अन्य कुनै लिक्विड वास प्रयोग गर्नु उचित हुँदैन । मोबाइलको अघिल्लो र पछिल्लो भागमा ध्यानपूर्वक सफा गर्नुपर्छ ।

तर, मोबाइलका चार्जिङ पोर्ट, इयरफोनको पोर्ट तथा अन्य पोर्टबाट भने सजग रहनुपर्छ । यस्ता पोर्ट ओसिलो पार्नु हा निका रक हुन्छ ।आइफोन प्रयोगकर्ताका लागि ७० प्रतिशत अल्कोहलको मात्रा भएको ‘आइसोप्रोपिल अल्कोहल वाइप्स’ प्रयोग गर्न मिल्ने एप्पल कम्पनीले सुझाएको छ । यस्ता ‘वाइप्स’ कम्प्युटर पसल तथा अनलाइनमा पनि पाउन सकिन्छ । साथै, मोबाइलको कभरमा पनि ‘इयर बर्ड’ले कुनाकप्चामा सफा गर्नुपर्ने हुन्छ ।खाना खाँदा, ‘ट्वाइलेट’ जाँदा मोबाइलको प्रयोग गर्न बन्द गर्नुपर्छ । यसमा सं क्र मणको कमी घट्छ, जुन हाम्रै स्वास्थका लागि आवश्यक छ । यसका साथै, मोबाइल चलाउनुअघि र पछि साबुनपानीले हात धुनुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार