मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • झारफुक गर्न गएका घाँटीमा मासु अड्किएर गयो ज्यान
समाचार

झारफुक गर्न गएका घाँटीमा मासु अड्किएर गयो ज्यान

सल्यान, ७ वैशाख: घाँटीमा मासु अड्किएर यहाँ एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।

शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पु¥याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार