आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • उदयपुरमा सङ्क्रमितसँगै बसेका एक जना सुनसरी घरमा लुकेर बसेको गाउँलेले दिए सूचना
स्वास्थ्य

उदयपुरमा सङ्क्रमितसँगै बसेका एक जना सुनसरी घरमा लुकेर बसेको गाउँलेले दिए सूचना

इनरुवा, ७ वैशाख: कोरोना भाइरसको सङ्क्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् ।

कोरोना सङ्क्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५ का ४६ वर्षीय एक जना रहेको नेपाल मुस्लिम सङ्घ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताउनुभयो ।

सङ्क्रमित समूहसँगै १० दिन बसेर फर्किएको सूचनाका आधारमा उहाँलाई क्वारेन्टाइनमा पठाइएको छ । घरमा लुकेर बसेको गाउँलेले सूचना दिएपछि प्रहरीसहितको टोलीले स्वास्थ्य परीक्षणसँगै क्वारेन्टाइनका लागि विराटनगर पठाएको हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार