मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • क्वारेन्टाइनमा भएन राम्रो खाना
समाज

क्वारेन्टाइनमा भएन राम्रो खाना

सिमकोट, ७ वैशाख: वैशाख:  सदरमुकाम सिमकोटको रानीवन निगरानीमा रहेका व्यक्तिले खानपिनको कुनै राम्रो सेवा सुविधा नभएको गुनासो गर्न थालेका छन् । क्वारेन्टाइनमा बस्नुभएका नाम्खा गाउँपालिका ३ का कुचि लामाले क्वारेन्टाइनमा खानपिन राम्रो नभएको दुखेसो गर्नुभयो । लामाले भन्नुभयो, “गाउँमा गएर क्वारेन्टाइन बस्छु भन्दा पनि दिएका छैनन्, म सुगर रोगी भएकोले सेतो चामलको भात खान नमिल्दा पनि त्यही खानुपरेको छ ।”

रानीवन क्वारेन्टाइनमा बसेकाहरुले बिहानबेलुका दुई छाक मात्रै खाना दिने गरेको तर दिउँसो चिया पनि नदिने गरेको गुनासो गरेका छन् । क्वारेन्टाइनमा बसेकालाई प्रतिछाक रु दुई सय र त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई रु २५० को दरले खाना दिने गरेको पाइएको छ । क्वारेन्टाइनभन्दा होम क्वारेन्टाइनमा बस्छु भन्दा पनि प्रजिअले नमानेको कैलाश होटेल हुम्लाकी सञ्चालिका प्रेमा लामाले बताउनुभयो ।

क्वारेन्टाइनका लागि भन्दै कर्णाली प्रदेश सरकारले रु ५० लाख दिएको र जिल्लाका गैरसरकारी संस्थाले विपद् व्यवस्थापन कोषका लागि भन्दै रु छदेखि सात लाख संकलन गरे पनि क्वारेन्टाइनमा गुणस्तरीय खाना नभएको उनीहरुको दुखेसो छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार