बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • लकडाउनको चुनौती: मेचीमा नुहाउने बहानामा पानीमुनिबाट यसरी दिईन्छ ला गु औ ष ध !
स्वास्थ्य

लकडाउनको चुनौती: मेचीमा नुहाउने बहानामा पानीमुनिबाट यसरी दिईन्छ ला गु औ ष ध !

काठमाडौ, ७ बैशाख – कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमानाकामा परिचालित प्र ह रीका लागि ला गु औ ष ध का कारोवारी र प्रयोगकर्ता चुनौती बनेका छन् । पूर्वीनाका काँकडभिट्टामा बन्दाबन्दी उ ल्ल ङ्घन गर्नेहरु धेरैजसो ला गु औ ष ध सँग जोडिएको पाइएको छ ।

दुई साताअघि काठमाडौँबाट दुई युवा बा६च ७०१९ नंको कार लिएर काँकडभिट्टा आइपुगेका थिए । आफूलाई स्वास्थ्य शिविर चलाउन आएको स्वास्थ्यकर्मी बताउने उनीहरुमध्ये एकजनासँग चिकित्सकको परिचयपत्र समेत थियो । तर प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेललाई शङ्का लाग्यो । केरकार गर्दा दुवैजना ला गु औ ष ध खोज्दै आइपुगेको पत्ता लाग्यो । उनीहरुले चिकित्सकको नक्कली परिचयपत्र बोकेका थिए ।

हाल कारलाई नि यन्त्र णमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको छ भने दुवै युवालाई क्वारेन्टाइनमा राखिएको छ । मेचीनगरको क्वारेन्टाइनमा बस्नेहरुमा ला गु औ ष ध का कारोवारी र प्रयोगकर्तासमेत छन् । बन्दाबन्दीमा मोटरसाइकल चलाएको पाइएपछि उनीहरुलाई नि यन्त्र ण मा लिएर क्वारेन्टाइनमा राखिएको हो । दुईजना ला गु औ ष ध का प्रयोगकर्ता केही दिनअघि क्वारेन्टाइनको झ्याल फोरेर राति भागेका थिए ।

यतिबेला भारतसँगको सीमानाकामा नेपाल प्र ह री र स श स्त्र प्र ह री को बाक्लो ग स्ती र अस्थायी शिविर छ । सुरक्षाकर्मीलाई छलेर भारततिर जान असम्भव भए पनि त्यस्ता व्यक्तिले असफल प्रयास भने गरिरहेकै छन् । काँकडभिट्टापारि भारतको पानीट्याङ्की, खोरीबारी, अधिकारी र बतासीमा लागुऔषध नेपालतिर आपूर्ति गर्ने अ ख डाहरु छन् । पहिले पसलमार्फत हुने किनबेच अहिले सीमा छेउका झुप्रा घर र खोलाको बगरबाट भइरहेको बताइएको छ ।

नाकाबाट आवतजावत ठप्प भएपछि ला गु औ ष ध का कारोवारीले नयाँ नयाँ जुक्ति प्रयोगमा ल्याइरहेको सूचना पाएकाले प्र ह रीलाई चनाखो रहन आग्रह गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन । उनले खोलामा नुहाउने बहानामा ला गु औ ष ध वारपार भइरहेको हुँदा स त र्क हुनुपर्ने बताइन ।

“नुहाउने बहाना गर्दै नेपालतिरबाट युवा मेची नदीमा जाने गर्दारहेछन्’’, उनले भनीन् “भारततिरबाट पनि त्यसैगरी खोलामा आउँछन् र पानीमुनि नुहाएको बहाना गरी ला गु औ ष ध दिँदारहेछन् ।” खोलामा नुहाउन जानेमाथिसमेत प्र ह री ले हाल नि गरानी बढाएको छ । भारतसँग जोडिएको मेचीनगर नगरपालिकाको सीमा क्षेत्रमा स श स्त्र प्र ह री बल र नेपाल प्र ह री ले २५ स्थानमा अ स्थायी पो स्ट बनाएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बन्दाबन्दीको समयमा २५ वटा मोटरसाइकल, एउटा स्कार्पियो र एउटा कार नि यन्त्र णमा लिइएको बताए । उनका अनुसार ती सवारी साधन श ङ्का स्प द ला गु औ ष ध का रो वारीका हुन् ।

उनले बन्दाबन्दीमा सु र क्षा व्यव स्था क डा बनाइएको हुँदा सर्वसाधारण घरमै बसेको भए पनि ला गु औ ष ध का प्रयोगकर्ता र कारोवा री भने सल्बलाइरहेको बताए । उनले ला गु औ ष ध का प्रयोगकर्ताबाट समाजमा उत्पन्न हुनसक्ने चुनौती र समस्या समाधानका बारेमा स्थानीय सरकारसँग छलफल भइरहेको बताए । सीमा पार गरेर अब कोही पनि जान नसक्ने प्रष्ट पारे ।

मेचीनगर क्षेत्रबाटै झापा र अरु जिल्लामा ला गु औ ष ध को ध न्धा विगतदेखि नै सञ्चालन हुँदै आएको हुँदा कारोवारको जा लो बलियो हुनसक्ने अनुमान गरिएको छ । मेचीनगर–१० को खयरडाँगीमा धरान, दमक, फिदिम, इटहरीलगायत विभिन्न शहरबाट ला गु औ ष ध खोज्दै आएका युवालाई स्थानीय टोल समितिले केही दिनअघि भाटे का र वा ही गर्दै लखेटेको थियो ।

ला गु औ ष ध नि यन्त्र ण र प्रयोगकर्तालाई स्वस्थ जीवनमा फर्काउने अभियान चलाइरहेको नाइटचेस क्लब काँकडभिट्टाका प्रोडक्सन को–अर्डिनेटर सोमराज ढकालले नियमित सेवनकर्ताले कुनै का रण वश खान पाएन भने ७२ घण्टासम्म ‘सिक’ हुने बताए । त्यस्तो अवधिमा उनीहरुमा सहनै नसक्नेगरी शा री रि क र मा न सि क पी डा हुने, पेट बटारिने, मांसपेशी बाउँडिने जस्ता समस्या देखा पर्ने उनले बताए ।

बन्दाबन्दीको अवस्थामा ला गु औ ष ध खानका लागि त्यस्ता व्यक्तिले ज्यानको पर्वाह नगरी सीमा पार गर्ने, राति हिँडडुल गर्ने, चो री र लु ट पा ट गर्ने गर्नसक्ने ढकालले सम्भावना व्यक्त गरे । उनीहरुलाई स्थानीय सरकारले खोजी खोजी छुट्टै क्वारेन्टाइनमा राखेर परामर्श दिने वा सरकारले नै ला गू गरेको मौखिक प्रतिस्थापन विधि ओएसटीबाट औषधोपचार गर्ने उपाय भएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार