मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण देखियो नेपालमा सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ
स्वास्थ्य

उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण देखियो नेपालमा सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ

काठमाडौँ,७ वैशाख: नेपालमा कोभिड– १९ को सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन् । उहाँका अनुसार सङ्क्रमित नेपाल वा भारती हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो ।मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक टे«सिङ पनि शुरु गरिएको जानकारी दिनुभयो ।

नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा सङ्क्रमित देखिएको थियो । आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत १९ वर्षीया प्रसिद्धि श्रेष्ठ पूर्णरुपमा स्वथ्य भई घर फर्कनुभएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै