मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • क्वारेन्टाइनबाट भागेका एक जना नियन्त्रणमा
समाज

क्वारेन्टाइनबाट भागेका एक जना नियन्त्रणमा

मेलम्ची, ६ वैशाख: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको ‘हेल्थ डेस्क’ सञ्चालन गरेको छ । काभ्रेको सिमाना ढाडखोला र काठमाडौँसँगको सिमाना भोटेचौर तथा छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

ती नाका हुँदै धेरै नै आवतजावत हुने भएपछि नगरपालिकाले स्वास्थ्य जाँचपछि मात्रै नगर प्रवेश गराउने नगरपालिकाका स्वास्थ्य शाखाका सहइञ्चार्ज ज्ञानेन्द्र घोरासाइनेले जानकारी दिनुभयो ।

यही बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल साइटमा बालुवा गिटीलगायत सामग्री ढुवानी हुने भएपछि स्थानीयको मागबमोजिम सुरक्षाका लागि पनि डेस्क सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

यसैबीच मेलम्ची क्षेत्रीय क्वारेन्टाइनबाट भागेका मेलम्ची– १३ का एक जनालाई आज घरबाटै नियन्त्रणमा लिइ पुनःक्वारेन्टाइनमा राखिएको नगर उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । आइतबारदेखि सिसी क्यामेराका साथै सुरक्षा सामग्री जडान गरिने उहाँले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार