बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • बन्दाबन्दीको उल्लङ्घन गर्दै इमामको अन्त्येष्टिमा सहभागी भए हजारौँ बङ्गलादेशी
राष्ट्र

बन्दाबन्दीको उल्लङ्घन गर्दै इमामको अन्त्येष्टिमा सहभागी भए हजारौँ बङ्गलादेशी

ढाका, ६ वैशाखः बङ्गलादेशमा कोरोना भाइरसका कारण घोषणा गरिएको बन्दाबन्दी (लकडाउन)को उल्लङ्घन गर्दै हजारौँको सङ्ख्यामा इस्लामिक धर्मगुरू हुसेन तौफिक (एचटी) इमामको अन्त्येष्टि समारोहमा शुभचिन्तकहरूले सहभागिता जनाएका छन् । पचपन्न बर्षिय इमामको शुक्रबार मृत्यु भएको थियो । उहाँ वरिष्ठ स्लामिक धार्मिक नेता हुनुहुन्थ्यो भने वर्तमान् प्रधानमनत्री शेख हसिना वाजेदका सल्लाहाकारसमेत हुनुहुन्थ्यो । विश्वव्यापी समस्या बनेको कोरोनाभाइरस सङ्क्रमण फैलिनसक्ने भन्दै इमामको अन्त्येष्टिका लागि उहाँको परिवारले ५० जनाको सहभागिताका लागि प्रहरीसँग अनुमति लिएको थियो ।

बङ्गलादेशको पूर्वी शहर सराइलमा इमामको अन्त्येष्टि यात्रा सुरू भएलगत्तै चोकचोकबाट निस्केका शुभेच्छुकको भीड रोक्नका लागि प्रहरी अहाय देखिएको थियो । स्थानीय प्रहरी प्रमुख शहादत हुसैनले भन्नुभयो, “ठूलो सङ्ख्यामा इमामप्रति अन्तिम सम्मान प्रकट गर्न निस्केको शोकमग्न जुलुसका अघि प्रहरी अधिकारीहरू असहाय बन्नुपरेको हो ।” उहाँले एएफपीसँग भन्नुभयो, “उहाँप्रति अन्तिम श्रद्धा व्यक्त गर्न मानिसहरू समूद्रको छालजस्तो उर्लिएका थिए ।” परिवारले करिब एक लाख शोकाकुल शुभेच्छुकहरूले अन्त्येष्टिमा सहभागी भै इमामप्रति शोक व्यक्त गरेका बताएका बताएको छ ।

त्यस्तै प्रधानमन्त्री शेख हसिनाका सहयोगी शाह अलि फरादले पनि ठूलो सङ्ख्यामा अन्त्येष्टि समारोहमा सहभागीता भएको बताए ।
बङ्गलादेशमा कोरोनाभाइरस सङ्क्रमण देखिन थालेपछि गत मार्च २६ देखि देशव्यापी लकडाउनको घोषणा सरकारले गरेको छ । शनिबारसम्म यहाँ ३०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिएको छ भने सङ्क्रमणका कारण ८४ जनाको मृत्यु भैसकेको छ । सरकारले लकडाउनको अवधिभर कुनै पनि धार्मिक स्थान (मस्जिद) मा प्रार्थनाका समयमा पाँच जनाभन्दा बढी व्यक्तिलाई भेला हुन रोक लगाएको छ । (रासस/एएफपी)

चर्चामा

सम्बन्धित समाचार