बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • नेपालगन्जमा आइसोलेसनमा भर्ना भएका स्माइलको मृत्यु, केही महिनाअघि भारतबाट आएका थिए
स्वास्थ्य

नेपालगन्जमा आइसोलेसनमा भर्ना भएका स्माइलको मृत्यु, केही महिनाअघि भारतबाट आएका थिए

काठमाडौं, ६ बैशाख– केहि सयम पहिला भारतबाट आएका एक युवाको नेपालगन्जमा आइसोलेसनमा ज्यान गएको छ । ज्यान जानेमा स्माइल बेहना रहेका छन् । उनको शनिवार बिहान आइसोलेसनमा नै ज्यान गएको हो । बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बढैयाका ४२ वर्षका स्माइल बेहनाको मेडिकल कलेज शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

लामो समय देखि स्माइललाई स्वास्थमा समस्या देखा परेको थियो । उनलाई दिन दम, रुघाखोकी र ज्वरोले ग्रस्त बनाएपछि र कोरोनासंग मिल्दो । लक्षण देखापरेपछि आइसोलेसनमा राखेर उपचार गरिएको थियो । तर उनको के कारणले ज्यान गयो भन्ने बारे जानकारी भएको छैन् । मृत्यु भएका बेहनाको स्वाब संकलन गरिएको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार