मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • लमजुङमा २३ हजारको स्वास्थ्य परीक्षण
स्वास्थ्य

लमजुङमा २३ हजारको स्वास्थ्य परीक्षण

लमजुङ, ६ वैशाख: विश्वमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर जिल्लामा स्थापित विभिन्न स्वास्थ्य सहायता कक्षबाट २३ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । विभिन्न स्थान तथा नाकामा राखिएको हेल्थ डेस्कबाट शुक्रबारसम्म २३ हजार ४९ जनाको स्वास्थ्य परीक्षण गरिएको क्वीक रेस्पोन्स टिमले जनाएको छ ।

लमजुङको मुख्य प्रवेशद्वार सुन्दरबजार नगरपालिका –७ पाउँदीबजारमा राखिएको स्वास्थ्य सहायता कक्षमा सबैभन्दा बढी १२ हजार २२४ जनाको परीक्षण भएको छ । त्यस्तै मध्यनेपाल नगरपालिकास्थित दुईपिप्ले स्वास्थ्य सहायता कक्षमा सात हजार ८८७ हजार र सो नगरको रामबजारमा राखिएको हेल्थ डेस्कमा दुई हजार १८६ जनाको स्वास्थ्य परीक्षण भएको छ ।

बेँसीशहर नगरपालिका –७ मनाङ्गे चौतारामा राखिएको स्वास्थ्य सहायता कक्षमा दुई हजार १९८ जनाको परीक्षण भएको छ । त्यस्तै क्व्होलासोथर गाउँपालिकास्थित वाग्लुङपानीमा उक हजार १४५, पसगाउँमा एक हजार २१३, सिङ्दीमा ६९०, झिमुडाँडामा एक हजार २४, घलेगाउँमा ३८६ र भोजेमा राखिएको स्वास्थ्य सहायता कक्षमा ९३ जनाको परीक्ष्क्षण भएको छ ।

कोराना भाइरस संक्रमणको त्रास फैलिएसँगै लकडाउन हुनुपूर्व नै बाहिरी जिल्ला र विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचका लागि विभिन्न स्थानीय तहमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।रासस

चर्चामा

सम्बन्धित समाचार