बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • अर्काे छोरा पनि त्यसरीनै गयो, कत्ति कहाली लाग्दो त्यो दिन ! ऐना हेर्दा झसंग हुदै यसो भनिन्…
समाचार

अर्काे छोरा पनि त्यसरीनै गयो, कत्ति कहाली लाग्दो त्यो दिन ! ऐना हेर्दा झसंग हुदै यसो भनिन्…

अर्काे छोरा पनि त्यसरीनै गयो, कत्ति कहाली लाग्दो त्यो दिन ! ऐना हेर्दा झसंग हुदै यसो भनिन्…

सीमा क्षेत्रका नागरिक रातभर जागराम

कपिलवस्तुका सीमावर्ती क्षेत्रका नागरिक रातभर जाग्राम बस्ने गरेका छन । नेपाल भारत सिमाना नजीकै रहेका आधा दर्जन गाउँका बासिन्दा कोरोना सङ्क्रमण नियन्त्रणका लागि रातभर अनिदो बस्ने गरेका हुन् । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल र भारत सरकारले सीमानाका पूर्ण रुपले बन्द गरे पनि सर्वसाधारण राति लुकेर नेपाल प्रवेश गर्ने गरेकाले सीमावर्ती गाउँका बासिन्दाले तिनमाथि निगरानी राखेका हुन् । कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाकाअन्तर्गतका अधिकांश गाउँमा मानिस जागराम बस्ने गरेको स्थानीय अगुवा रफिक मुसलमानले जानकारी दिनुभयो ।

ठाकुरापुरा, गेडुवाजोत, मनोहरापुर, भागवनपुर, बाराईपुर, गणेशपुरलगायत गाउँका युवाले पालैपालो रातभर पहरा गरिरहेको युवक रामप्रकट कोरीले बताउनुभयो । सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिए पनि अधिकांश चोरनाकाबाट भारतीय नेपाल पस्ने गरेकाले राति बस्नु परेको कोरीले बताउनुभयो । कपिलवस्तुको सिमाना भारतसँग ९३ किलोमिटर खुला भई कोरोना संक्रमित नेपाल सजिलोसँग प्रवेश गर्ने भएकाले अहिले सिमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार