मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • आफैले पालेको गाईले चन्द्रबहादुरको ज्यान लिएपछि…
समाज

आफैले पालेको गाईले चन्द्रबहादुरको ज्यान लिएपछि…

तानसेन । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा गाईले हानेर आज एक जनाको मृत्यु भएको छ । चराउन गएका बेला बाटोबाट गाईले हानेर धकेल्दा उक्त गाउँपालिकाको वडा नं ६ गोहारठाना बस्ने ५० वर्षीय चन्द्रबहादुर रासकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकै गाईवस्तु चराउने क्रममा गाईले हानेर बाटोमुनि पुगेका रासकोटीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै