मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • गायक रामु विरहीको आवाजमा ”भोटे लसुन ” भिडियो सहित
मनोरञ्जन

गायक रामु विरहीको आवाजमा ”भोटे लसुन ” भिडियो सहित

काठमाडौं, ५ बैशाख । नेपाली मौलिक लोक दोहोरी गीत संगीतको आफनै विशेषता रहेको छ । मौलिक सिर्जनामा आधारित गीत संगीतहरु मात्रा बजारमा आइरहेको अवस्थामा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक रामु विरही र गायिका धर्तिमा थापा मगरको आवाजमा रहेको ”भोटे लसुन ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु प्रेमी जोडिको प्रेमको भावलाई गीतमा समेटिएको छ । आफ्नी मायालुको यादमा भौतारिएको गीतमा गायकले भावना ब्यक्त गरेका छन ।

गायिका धर्तिमाले पनि आफ्नी प्रेमीकालाई जिवनमा अफ्ट्यारो अवस्था नआओस भन्नको लागी भगवानसगँ प्राथना गरेका छन । गाउँमा हुने प्रेमी प्रेमीका विचको मायाको सम्बन्धलाई ब्यक्त गर्नको लागी आग्रह गरिएको छ । राम जित मल्लको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा रहेको छ । ”भोटे लसुन ” गीतको भिडियोमा दिक्पल काकी ,दुर्गा केसी र सविता कार्कीको अभिनय रहेको छ । जनक अधिकारीको छायाँकन , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”भोटे लसुन ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै