मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • कहि नभाको जात्रा हाडी गाँउमा भने झै, भगवानको मूर्तिलाई पनि मास्क !
विचित्र संसार

कहि नभाको जात्रा हाडी गाँउमा भने झै, भगवानको मूर्तिलाई पनि मास्क !

एजेन्सी – भारतमा भगवानको मूर्तिलाई पनि मास्क लगाइदिएको अचम्मको घटना र तस्विर सार्वजनिक भएको छ । सबैतिर कोरोना भाइरसको असर देखिएका कारण मानिसलाई जागरुक गर्नका लागि भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएको समाचारमा जनाइएको छ ।

वाराणसीस्थित पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डे भगवानको मूर्तिमा माक्स लगाइदिएका हुन् । पछिल्लो समय मन्दिरमा आउने भक्तजनहरुले समेत मास्क लगाउन थालेको र हातले नछोइकन टाढैबाट पूजा गर्न पाण्डेले बताएका छन् ।

यसले कोरोनाबाट बच्न मानिसले अपनाउनुपर्ने सावधानीबारे सचेतना वृद्धि हुने उनी बताउछन् । उक्त मन्दिरमा भगवानको मूर्तिलाई नछुन पनि अपिल गरिएको छ । कोरोनाका कारणविश्वभरबाट ६ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार