बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • गङ्गादशहरा मेलामा गएकी किशोरी नौ दिनदेखि बेपत्ता
समाचार

गङ्गादशहरा मेलामा गएकी किशोरी नौ दिनदेखि बेपत्ता

खप्तड राष्ट्रिय निकुञ्जमा गङ्गादशहरा मेलामा गएकी एक किशोरी नौ दिनदेखि बेपत्ता भएकी छन् । अछामको साँफेबगर नगरपालिका–१२ खप्तड भेरासैनकी १७ वर्षीया देवीकुमारी रोकाया बेपत्ता भएकी हुन् । रोकाया गत जेठ २८ गते रातिदेखि हराएकी हुन् । गाउँकै साथीहरुसँग मेला भर्न गएकी रोकाया बेपत्ता भएको उनका बुबा धनबहादुरले बताउनुभयो ।

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र र अन्यत्र खोजी गर्दा फेला नपरेको उहाँले बताउनुभयो । किशोरीको खोजी भइरहेको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । उनी काडा भवानी मावि बाजुरामा कक्षा ९ मा अध्ययनरत रहेको रोकायाका काका रामबहादुर रावतले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै