मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • गरिबलाई सिधै पैसा पठाउन सरकारसँग गान्धीको माग
राष्ट्र

गरिबलाई सिधै पैसा पठाउन सरकारसँग गान्धीको माग

नयाँ दिल्ली, ४ वैशाखः भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले गरिबहरूलाई नगद रकम दिन माग गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन भन्दै सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) को घोषणा गरेपछि गरीबलाई समस्या परेको भन्दै गान्धीले यस्तो माग गर्नुभएको हो ।

कतिपय परिवारमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु तथा सेवाको अभाव भएकाले सिधै रकम उपलब्ध गराउनु उपयुक्त हुने उहाँको सुझाव छ । “कसरी हुन्छ उनीहरूको हातमा तत्काल रकम पुग्ने व्यवस्था गर्नुपर्दछ,” भिडियो सन्देश मार्फत् बिहीबार नेता गान्धीले भन्नुभयो ।केन्द्रीय सरकारले घोषणा गरेको आर्थिक प्याकेजप्रतिको प्रतिक्रिया स्वरुप विपक्षी दलका नेता गान्धीको यो अभिव्यक्ति आएको हो ।

उहाँले भन्नुभयो, “अव चाडै नै खाद्यान्नको अभाव हुनेवाला छ । सरकारले खाद्यान्नको अभाव नहुने व्यवस्था पनि गर्नु पर्दछ र कतिपय गरिब व्यक्तिसँग रासन कार्ड समेत नभएको अवस्था छ । त्यसैले उनीहरुलाई सरकारले नगद नै उपलब्ध गराउनु पर्दछ ।”

खाद्य सुरक्षाको सुनिश्चितता गर्न नेता गान्धीले पटक पटक जोड दिनुभएको छ । उहाँले गरिब नागरिकलाई तत्काल उनीहरूको खातामा रकम पठाउन आग्रह गर्नुभयो । उहाँले कोरोना भाइरसको सङ्क्रमण सकिएपछि बेरोजगारीको समस्या धेरै हुने भएकाले अहिले नै रोजगारी सृजनाका लागि योजना बनाउन पनि सरकारलाई सुझाव दिनुभएको छ । (रासस/एएनआई)

चर्चामा

सम्बन्धित समाचार