बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • नयाँ वर्ष मनाउन जाँदा सुन, गहना र पैसा चोरी
समाज

नयाँ वर्ष मनाउन जाँदा सुन, गहना र पैसा चोरी

बझाङ, ४ वैशाख : नयाँ वर्ष मनाउन लकडाउनका बेला जिल्ला सदरमुकाम चैनपुरस्थित कोठा छोडेर गाउँको घरमा गएका श्याम परियारको कोठामा ताल्चा फुटाएर एक थान ल्यापटप, सुनचाँदीका गरगहनासहित नगद पैसा चोरी भएको छ ।

कोठाको ढोकामा बिग्रेको ताला झुन्ड्याएको देखेपछि परियारका छिमेकीले फोनमार्फत खबर गरेका थिए । कोठामा आउँदा सामान चोरी भएको देखिएको उहाँले बताउनुभयो । सदरमुकाम चैनपुरको समता स्कुलअगाडि रहेको उहाँको कोठालगायत उहाँका छिमेकी वीरु ओखेडाको घरमा पनि ताल्चा फुटाएर सुनका गहना, टिभी र नगद पैसा चोरी भएको बताइएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार