बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • बेलायतमा कोरोनाका कारण अर्का भूपू गोरखा सैनिकको मृत्यु
प्रवास

बेलायतमा कोरोनाका कारण अर्का भूपू गोरखा सैनिकको मृत्यु

– कृष्णप्रसाद शर्मा

लण्डन, ४ वैशाख: बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिनुभयो । स्जाङजा स्थायी घर भई केही वर्ष पोखरा लेकसाइड बसाइँ सरेका श्रेष्ठ हाल लण्डनमा हुनुहुन्थ्यो ।

गत दुई हप्तादेखि खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका श्रेष्ठलाई पछिल्लो समय भेन्टिलेटरमा राखी उपचार गरिए पनि कुनै सुधार नभएको बरालले बताउनुभयो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली १० पुगेका छन् । ती मध्ये सात पूर्व गोरखा सैनिक छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार