बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • लकडाउनमा ज्यालादारी मजदुरको खर्च बेहोरेका सलमानले शेयर गरे ‘मेने प्यार किया’ को चर्चित सिन (भिडियो)
मनोरञ्जन

लकडाउनमा ज्यालादारी मजदुरको खर्च बेहोरेका सलमानले शेयर गरे ‘मेने प्यार किया’ को चर्चित सिन (भिडियो)

एजेन्सी । अभिनेता सलमान खानले पुरानो याद गर्दै लकडाउनको समयमा एक भिडियो सार्वजनिक गरेका छन् । उनि यतिबेला घर माानै समय बिताइरहेका छन् । उक्त समयको सदुपयोग गर्दै खानलेयो भिडियो सामाजिक संजाल मार्फत आफ्ना फ्यानहरुका लागि शेयर गरेका हुन् ।

दबङ भनेर चिनिने खान फ्यानहरुका लागि सामाजिक सञ्जालबाट मनोरञ्जन दिइरहेका छन् । हालै उनले शेयर गरेको यस भिडियोमा उनले १९८९ मा रिलिज भएको फिल्म ‘मेने प्यार किया’ को एउटा सिनलाई रिक्रिएट गरेका छन् । सलमानले सभिडियो शेयर गर्दै सबै जना घर भित्र नै बस्न र बाहिर ननिस्कन आग्रह गरेका छन् ।

उनले उक्त रिक्रिएट भिडियोमा भाग्यश्री वाला सिनलाई प्रयोग गर्दै कोरोना सम्बन्धि जनचेतना प्रसार गरेका छन् । र खानले २५ हजार कर्मचारीहरुलाई सहयोग गर्ने भारतिय मिडियाले जनाएको छ । उनले मजदुरको दैनिकी चलाउन आवश्यक सबै रकम बेहोर्ने जानकारी गराएका छन् ।

 

View this post on Instagram

 

A post shared by Salman Khan (@beingsalmankhan) on

चर्चामा

सम्बन्धित समाचार