बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • बाग्मती प्रदेशमा भारतबाट आएका छ जनामा कोरोना संक्रमण
स्वास्थ्य

बाग्मती प्रदेशमा भारतबाट आएका छ जनामा कोरोना संक्रमण

काठमाडौँ, ३ वैशाख । भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको (यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पोजेटिभ पाइएको हो ।

हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण ९०७ जना गरिएकोमा बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाईले काठमाडौँमा तीन जना, काभ्रेमा दुई जना र धादिङका एक जना कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा पोजेटिभ पाइएको जानकारी दिएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

उनका अनुसार काठमाडौँका तीन जनामध्ये दुई जनाको स्वाब परीक्षण पीसीआर टेष्ट गर्दासमेत पोजेटिभ रिपोर्ट आएको छ । काठमाडौँका एकसहित काभ्रे र धादिङका गरी चार जनाको पीसीआर टेष्ट गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रबक्तासमेत रहनु भएको सेढाईले बताएका छन् ।

मङ्लबार यापिड डाइग्नोष्टिक टेष्ट आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा धादिङको ज्वालामुखी गाउँपालिकाका २७ वर्षीय पुरुष छन् । उनी दक्षिण कोरियाबाट गत फागुन २० गते फर्किएको जनाइएको छ । यस्तै आरडीटी परीक्षण गर्दा काभ्रेपलान्चोकस मण्डन देउपुर गाउँपालिकाका २३ वर्षीय पुरुष र अर्का बेथानचोक गाउँपालिका २८ वर्षीय पुरुषको रिरपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार