मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • सहयोगी मनका धनी रहेछन् नायक पल शाह, आफ्नो संघर्षका दिन सम्झिँदै २ सय मजदुरलाई ५ लाख बराबरको खाद्यान्न किनिदिए
मनोरञ्जन

सहयोगी मनका धनी रहेछन् नायक पल शाह, आफ्नो संघर्षका दिन सम्झिँदै २ सय मजदुरलाई ५ लाख बराबरको खाद्यान्न किनिदिए

काठमाडौं । युवा पुस्ताका माझ लोकप्रिय नायक तथा मोडल पल शाहले चलचित्र उद्योगमा काम गर्ने २ सय ज्यालादारी मजदुरलाई आर्थिक सहयोग गरेका छन् । पलले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न किनेर आफैं मजदुरलाई वितरण गरेका हुन् ।

दाङका स्थानीय निवासी शाहले ठूलो संघर्ष गरेर आजको स्थानमा पुगको भएता पनि आाफ्नो संर्घषको समय सम्झिँदै सानो पदमा रहँदा पैसा नहुने र त्यसले जीवन धान्न मुस्किल पर्ने भन्दै लकडाउन’ले ज्यालादारी बन्द भएका मजदुरको पीडालाई बुझेर शाहले दिलदेखि सहयोग गरेको बताएका छन् ।

भिडियो निर्देशकका रुपमा काम गरेर मोडलिङ क्षेत्रमा छिरेका शाह अहिले नेपालका चल्तीका नायक मध्येका एक हुन् । उनलाई अहिले काम भ्याई नभ्याई भएता पनि मुलुक लकडाउनको समयमा रहेका बेला सहयोगी हात बढाएसँगै उनका सहयोगी बानीका बारेमा पनि धेरैले जान्ने मौका पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै