मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • सनसिटीमा बस्ने २९६ जनाको कोरोना परीक्षणको रिपोर्ट आयो (भिडियो सहित)
स्वास्थ्य

सनसिटीमा बस्ने २९६ जनाको कोरोना परीक्षणको रिपोर्ट आयो (भिडियो सहित)

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ ।अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट र्‍यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो ।

ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् । भिडियो हेर्नुस…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै