मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • चितवनमा एक जनामा भेटियो र्यापिड टेष्टमा पोजेटिभ
Breaking News

चितवनमा एक जनामा भेटियो र्यापिड टेष्टमा पोजेटिभ

चितवन, बैशाख, ३ । चितवनको रत्ननगरमा एकजनाको र्यापिड टेष्टमा रिपोर्ट पोजेटिभ देखिएको छ । आज रत्ननगर- १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालले आरडिटी प्रविधिमार्फत एक ब्यत्तिको रिपोर्ट पोजेटीभ देखिएको छ । श्रोतका अनुसार बिदेशबाट आएका ३९ जनाको आरडिटी प्रविधिमार्फत जाँच गरिएको थियो ।

अस्पताल प्रशासनले एकजनमो रिपोर्ट पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षण गर्न भरतपुर ल्याईएको छ । उनको रिपोर्ट आज साझ सम्ममा आईपुग्ने छ । गुञ्जमान सिंह अस्पतालले उक्त युवासँगै अन्य ४ जनाको स्वाब समेत भरतपुर पठाएको छ ।

अब रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ । उनि फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उक्त युवा कोरियाबाट आईसकेपछि १५ दिन होम क्वारेनटाईनमा बसेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै