शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • बोलेरो गाडी दुर्घटना हुँदा भारतीय सेनाका लामाको मृत्यु, श्रीमती सहित चार जना गम्भीर घाइते
समाचार

बोलेरो गाडी दुर्घटना हुँदा भारतीय सेनाका लामाको मृत्यु, श्रीमती सहित चार जना गम्भीर घाइते

धादिङबेसीबाट सेमजोङतर्फ जाँदै गरेको बा १ ज ६०२१ नम्बरको बोलेरो गाडी आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतीय सेनाबाट सेवा निवृत्त ३८ वर्षीय शेरबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । मृतककी श्रीमती गम्भीर घाइते भएकी छिन् ।

उकालो बाटोमा गाडीमाथि जान नसकेपछि गाडी चालकसमेत गाडी छाडेर झरेपछि पछाडि हटेका कारण दुर्घटना भएको र गाडीबाट यात्रुहरु भागाभाग गरेका थिए । घाइतेको जिल्ला अस्पतालमा उपचार नभएपछि थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै