मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • अमेरिकाका अटेरी राष्ट्रपतिका कारण कोरोनाले लियो उग्र रुप, एकै दिन २४ सय भन्दा बढीको निधन
Breaking News

अमेरिकाका अटेरी राष्ट्रपतिका कारण कोरोनाले लियो उग्र रुप, एकै दिन २४ सय भन्दा बढीको निधन

काठमाडौँ, ३ वैशाख । कोरोना भाइरसको महामारी विश्वभर बढीरहेका बेला अमेरिकामा यसले अपत्यारिलो तरिकाले महामारीको रुप मात्रै लिएन एकै दिन २४ सय भन्दा बढीको निधन हुन थालेको छ । यो समाचार तयार पार्दासम्म कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघेको छ।

वल्डोमिटरको तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख १३ हजार आठ सय ८८ पुगेको छ भने मृतकको संख्या २६ हजार ४७ जनाले ज्यान गुएका छन्। अन्य मुलुकको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण अवस्था झनै जटिल बन्दै गइरहेको छ। अमेरिका अमेरिका हो कसैसँग झुक्दैन, डराउँदैन भन्ने जुन भ्रम राष्ट्रपति ट्रम्पमा थियो त्यही भ्रम र दम्भका कारण आज निर्दोष नागरिकले दुख बेहोरीरहेका छन् । लाखौँको संख्यामा संक्रमण फैलिँदा पनि ट्रम्पमा अझै चेतना नआएको भन्दै उनको अमेरिकनहरुबाट नै आलोचना भइरहेको छ ।

यसैबिच भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । २ हप्ता अगाडीसम्म सामान्य देखिएको भारतमा अहिले एकै दिनमा १४ सय नयाँ संक्रमित पत्ता लागेसँगै भारतमा पनि यसका बिरामीको मृत्यु हुने क्रम पनि बढ्दो छ । यो समाचार तयारपार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार ८ सय १५ पुगेको छ भने निधन हुनेको संख्या ३५३ पुगेको छ । बितेको २४ घन्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा २१ दिनको लकडाउन अवधि सकिएपछि फेरि १९ दिन लकडाउन थपिएको भएता पनि संक्रमण हुने र मृत्यु हुनेको दर दिनानुदिन बढ्दो छ । भारतमा लकडाउन अवधि लम्ब्याइएकै दिन ठूलो संख्यामा संक्रमित र मृतकको दर बढेसिँगै यसले भयाभहको अवस्था निम्त्याउनेहोकी भन्ने डर पनि बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार