आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • चितवनमा घरायसी झ*गडापछि राप्तीमा हामफालेर एकको मृत्यु
समाज

चितवनमा घरायसी झ*गडापछि राप्तीमा हामफालेर एकको मृत्यु

चितवन, ३ वैशाख: राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन् ।

घरायसी झ*गडाका कारण नेपाली मङ्गलबार साँझ राप्ती नदीमा हामफालेको प्रहरीले जनाएको छ । नेपालीको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार