बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • ऐश्वर्या रायको गीतमा धडक गर्ल जान्हवी कपुरको डान्स सामाजिक संजालमा भाइरल
मनोरञ्जन

ऐश्वर्या रायको गीतमा धडक गर्ल जान्हवी कपुरको डान्स सामाजिक संजालमा भाइरल

मुम्बई । एजेन्सी लकडाउनका कारण पूरा देश आफ्नो घरमा कैद छ । यो अवस्थामा पनि स्टारहरू आफ्ना फ्यानलाई मनोरञ्जन गराउन अनेक उपाय निकालिरहेका छन् । बलिउड तथ टीभी स्टार्स सोसल मिडियामार्फत फ्यानसम्म पुगिरहेका छन् । धडक गर्ल जान्हवी कपुरले पनि आफ्नो नृत्यकला देखाएर फ्यानका लागि एउटा भिडियो सेयर गरेकी छन् । भिडियोमा उनी ऐश्वर्या रायको गीतमा नृत्य गर्दै देखिएकी छन् ।

भिडियो सेयर गर्दै उनले लेखेकी छन्, ‘क्लासरुम मिस गरिरहेकी छु तर जहाँ पनि क्लासरुम बनाउन सक्छु ।’ क्लासरुम बन्द भएप नि जान्हवीले डान्स प्राक्टिस जारी राखेकी छन् । भिडियोमा इन्ट्रक्टरसँग उमराव जान फिल्मको चर्चित गीत ‘सलाम’ मा डान्स गरिरहेको देखिन्छ । दर्शकले उनको यो भिडियो निकै मन पराएका छन् । फ्यान मात्रै होइन स्टारहरूले पनि यसको तारिफ गरेका छन् ।

यसैगरी अदा शर्माले पनि एउटा भिडियो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छन् । भिडियोमा उनी गोविन्दा र करिश्मा कपुरको गीत ‘हुस्न है सुहाना, इश्क है दिवाना’ मा डान्स गरिरहेकी छन् । उनले भिडियो पोस्ट गर्दै लेखेकी छन्, अन्नपुर्ण पोष्टमा खबर छ । ‘आफ्ना सबै पिज्जा लभर साथीलाई ट्याग गरौं। लकडाउनपछि तपाईं सबैभन्दा पहिले के खाने योजनामा हुनुहुन्छ ।’ –एजेन्सी

चर्चामा

सम्बन्धित समाचार