मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • हाडनाता करणीका फरार अभियुक्त सात महिनापछि पक्राउ
समाज

हाडनाता करणीका फरार अभियुक्त सात महिनापछि पक्राउ

दाङ, ३ वैशाखः बलात्कार गरी फरार भएका अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २५ वर्षीय थम्मनबहादुर कुँवर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभयो ।

गत भदौ २४ गते बालिकालाई बलात्कार गरी फरार रहेका युवकलाई चैत २९ गते पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । कुँवरमाथि हाडनाता करणी र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाइएको बताइएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार