मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • छोरी गंगा र ज्वाइँ जीवनसँगै मासु भात खाएर नयाँ वर्ष मनाए प्रचण्डले
Breaking News

छोरी गंगा र ज्वाइँ जीवनसँगै मासु भात खाएर नयाँ वर्ष मनाए प्रचण्डले

काठमाडौं, २ वैशाख । हरेक नयाँ वर्षमा जस्तो यो वर्ष कोरोनाको कहरका कारण देशभर कुनै उत्साहका साथ नेपालीहरुले नयाँ वर्ष मनाउन पाएनन् । अधिकांशले आफ्नै घर परिवार र आफन्तसँग बसेरै मनाए नयाँ वर्ष ।

प्रमुख राजनीतिक दलका नेतादेखि सर्वसाधारण सबैले घरबाटै सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिएर मनाइरहँदा भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार नयाँ वर्षको शुभकामना सन्देश दिँदै ललितपुरको खुमलटारस्थित घरमै बसेर नयाँ वर्ष मनाए ।

नयाँ वर्षको अवसरमा प्रचण्डले छोरी गंगा र ज्वाइँ जीवन आचार्यसँग मिलेर मासु पकाइरहेको तस्विर सामाजिक संजालमा पोष्ट गरेका छन् । पत्नी सीता दाहाल माछामासु नखाने भएकाले प्रचण्डले घर भित्रको चुलोमा नभई बाहिरै मासु पकाएर खाँदै नयाँ वर्ष मनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै