बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • काठमाडौंको एकै परिवारका 3 जनालाई कोरोना आशँका पछि अवस्था के छ ? जचाउन पनि गएका थिएनन्, कोरोना सार्ने डर थियो (भिडियो हेर्नुस)
स्वास्थ्य

काठमाडौंको एकै परिवारका 3 जनालाई कोरोना आशँका पछि अवस्था के छ ? जचाउन पनि गएका थिएनन्, कोरोना सार्ने डर थियो (भिडियो हेर्नुस)

काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा र्यापिड डायग्रोस्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एकै परिवारका ८१ र ५२ वर्षका दुई महिला र ५८ वर्षको पुरुषमा र्यापिड डायग्रोस्टिक टेष्ट गर्दा कोरोना भाइरसको आशङ्कामा तीनै जनालाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको हो । त्यो टेष्टमा पोजेटिभ आउँदैमा कोरोना भाइरस भएको पुष्टि हुँदैन । परीक्षणपछि मात्र थाहा हुन्छ ।

सो अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल्ड’ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार तीनजनालाई कोरोनाको आशङ्का देखिएपछि अरू व्यक्तिको सुरक्षाका लागि सो क्षेत्रमा आवागमन बन्द गरिएको छ । स्वास्थ मन्त्रालयका अनुसार नेपालमा हालसम्म १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एकजना निको भएर घर गइसकेका छन् । (भिडियो हेर्नुस)

चर्चामा

सम्बन्धित समाचार