आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • गहुँ थ्रेसिङ गर्ने क्रममा पट्टामा बेरिएर पूर्व राष्ट्रिय खेलाडीको निधन
खेलकुद

गहुँ थ्रेसिङ गर्ने क्रममा पट्टामा बेरिएर पूर्व राष्ट्रिय खेलाडीको निधन

भीमदत्तनगर, २ वैशाख: फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थ्रेसिङ गर्ने क्रममा गए राति निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँका चन्दको ट्र्याक्टरले गहुँ थ्रेसिङ गर्ने क्रममा पट्टामा बेरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिनुभयो ।

मतृक चन्दको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याइएको छ । भने चालक र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार