मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • भूपेन्द्र रायमाझी र वुनु श्रेष्ठको कोरोना महामारीको अवस्थामा विदेशीएको नेपालीको भावना समेटिएको गीत सार्वजनिक
मनोरञ्जन

भूपेन्द्र रायमाझी र वुनु श्रेष्ठको कोरोना महामारीको अवस्थामा विदेशीएको नेपालीको भावना समेटिएको गीत सार्वजनिक

यति बेला कोरोना भाइरसका कारण बिश्व भरि ज्यान गनेको संख्या १ लाख १४ हजार बढी भएको छ ।कोरोनाको प्रभावले यतिबेला विश्वभर त्रास फैलिरहेको छ । दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्यामा वढोत्तरी भइरहेको छ । संसारको जुनसुकै मुलुकमा भएपनि एउटा नेपालीले आफ्नो देश, आफ्नो परिवार, आफन्त सम्झेर आफु परदेशमा रहेको पीडालाई मनन गरिरहेका छन् ।

यस्तो अवस्थामा सवै परिवार एकै ठाउंमा रहनु पर्नेमा विरानो देशमा विरानो भई आफ्नो देश सम्झेर वस्नु परेको र जस्तोसुकै भएपनि आफ्नै देशमा जान पाए र वरु आफ्नै देशमा मर्न पाए सन्तोष मिल्ने थियो भन्ने कुरा एउटा परदेशीको वेदना यस गीतमा पोखिएको छ । यस्तो विपतलाई जितेर सवै हांशी खुशी गरी वांच्न पाउन, अझै नयां वर्षमा सवैमा खुशियाली छावस भन्ने भावना गीतमा समेटिएको छ ।

निकै मार्मिक ‘सुखद समाचार’ बोलको सार्वजनिक गीतमा भूपेन्द्र रायमाझीको शब्द , संगीत र संगित संयोजन रहेको छ I गीतमा गायीका वुनु श्रेष्ठको स्वर रहेको छ। स्टुडियो साउण्ड मिलको अफिसियल युटयुव मार्फत सार्वजनिक यस गीतमा ध्वनी मुद्रण मिश्रण महेश्वरमान राजभण्डारीले गर्नु भएको हो । विरेन्द्र भाट विपिनले भिडियो सम्पादन गरेका हुन्…

चर्चामा

सम्बन्धित समाचार