मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • कम्युनिष्टले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेका हुन्ः नेता थापा
समाचार

कम्युनिष्टले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेका हुन्ः नेता थापा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेको बताउनुभएको छ । जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेस बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताउनुभयो ।

काङ्ग्रेस जनताको पार्टी भएकाले अब जनताले काँग्रेसलाई नै साथ दिने नेता थापाको भनाइ थियो । उहाँले नेता तथा कार्यकर्तालाई नआत्तिन आग्रह गर्नुभयो । वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको नेता थापाको आरोप थियो । उहाँले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गर्नुभयो । युवालाई विदेशिनबाट रोक्न ठूला उद्योग र कलकारखाना सञ्चालनमा उहाँले जोड दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै