बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • बेलायतमा फेरि अर्का भूपू गोरखाको कोरोनाका कारण निधन
Breaking News

बेलायतमा फेरि अर्का भूपू गोरखाको कोरोनाका कारण निधन

– कृष्णप्रसाद शर्मा

लण्डन, ३० चैत: कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आउनुभएको थियो । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार