मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • इन्डियन आइडल रियालिटी शोबाट निकालिएका अनु मलिकले घरमै बनाए कोरोना भाइरस सम्बन्धि गीत, जुन गीतले पायो चौतर्फि चर्चा
मनोरञ्जन

इन्डियन आइडल रियालिटी शोबाट निकालिएका अनु मलिकले घरमै बनाए कोरोना भाइरस सम्बन्धि गीत, जुन गीतले पायो चौतर्फि चर्चा

एजेन्सी – यौ*न शो*षणको आरोप लागेपछि इन्डियन आइडल रियालिटी शोबाट निकालिएका अनु मलिकले कोरोना संम्बन्धित चेतना मुलक गीत निकालेका छन् । उनि यौन शोषणको आरोप लागेपछि इन्डियन आइडल रियालिटी शोबाट निकालिए थिए । गायिका सोना मोहपात्रा र श्वेता पण्डितले सन् २०१८ मा मी टू अभियान मार्फत अनु मलिकलाई गम्भिर आरोप लगाएकी थिइन् ।

हालै भने उनको कोरोना संम्बन्धित गीत सार्वजनिक गरेका छन् । अनु मलिकले कोरोनाको कारण लकडाउनमा घरमै बसिरहेकाहरुको लागि आफुले यो गीत ल्याएको बताएका छन् । यतिबेला लकडाउनका कारण कलाकारहरु घर भित्र नै सिमित रहेका छन् । यसैको मनोरन्जन दिनका लागि उनले यो गीत निकालेको बताए ।

हैप्पी हैप्पी रहने का प्लीज डॉन्ट वरी’ रहेको गीतको बोलमा उनि आफै रमाएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हनेको संख्या बढदै गएको छ । हालसम्म २४९ जनाले ज्यान गुमाएका छन् । भने ७ हजार ६ सय संक्रमित भएका फेला परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै