मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • कोभिड–१९’ बाट विश्वभरी १७ लाख भन्दा बढी सङ्क्रमित, १ लाख २ हजार भन्दा बढीको मृत्यु
Breaking News

कोभिड–१९’ बाट विश्वभरी १७ लाख भन्दा बढी सङ्क्रमित, १ लाख २ हजार भन्दा बढीको मृत्यु

जेनेभा, २९ चैत : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १७ लाख ७ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख २ हजार ७५१ को मृत्यु भएको छ ।

यसैबीच यस रोगबाट ३ लाख ७६ हजार ५२९ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु शनिबार मध्याह्नसम्मको यो तथ्याङ्क सार्वजनिक गरेको हो । कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य ।

देश मृतक सङ्क्रमित निको भएका
अमेरिका १८ हजार ७४७ ५ लाख २ हजार ८७६ २७ हजार ३१४
स्पेन १६ हजार ८१ १ लाख ५८ हजार २७३ ५५ हजार ६६८
इटाली १८ हजार ८४९ १ लाख ४७ हजार ५७७ ३० हजार ४५५
फ्रान्स १३ हजार १९७ १ लाख २४ हजार ८६९ २४ हजार ९३२
जमर्नी २ हजार ७३६ १ लाख २२ हजार १७१ ५३ हजार ९१३
चीन ३ हजार ३३९ ८१ हजार ९५३ ७७ हजार ५२५
बेलायत ८ हजार ९५८ ७३ हजार ७६८ ३४४
इरान ४ हजार २३२ ६८ हजार १९२ ३५ हजार ४६५
टर्की १ हजार ६ ४७ हजार २९ २ हजार ४२३
बेल्जियम ३ हजार १९ २६ हजार ६६७ ५ हजार ५६८

चर्चामा

सम्बन्धित समाचार

भर्खरै