बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्र सुधारका लागि अप्रिल २३ मा ईयू नेताहरूबीच छलफल हुने
राष्ट्र

कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्र सुधारका लागि अप्रिल २३ मा ईयू नेताहरूबीच छलफल हुने

ब्रसेल्स, २८ चैतः यूरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले शुक्रबार इयू नेताहरूलाई फोन गरी अप्रिल २३ भिडियो सम्मेलनमा सहभागिताका लागि आग्रह गर्नुभएको छ । कोरोनाभाइरसबाट थला परेको अर्थतन्त्रलाई माथि उकास्न चाल्नुपर्ने कदमबारे छलफल गर्ने तयारीसाथ नेताहरूलाई सम्मेलनमा सहभागिताका लागि आग्रह गर्नुभएको हो ।

“अबको समय कोरोना भाइरसको महामारीले ग्रस्त बनाएको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने बिषयमा छलफल गर्ने समय हो,” ईयूका अर्थमन्त्रीहरूद्वारा यूरोपेली संघमा आवद्ध समूह राष्ट्रका लागि आपतकालीन राहतका लागि पाँच खर्ब ५० अर्ब अमेरिकी डलर जम्मा गर्ने सहमति भएको ठिक अर्को दिन सदस्य राष्ट्रका प्रमुख नेताहरूलाई फोन गरी भिडियो कन्फरेन्सबारे जानकारी गराउनुभएको हो ।

“यूरो समूह राष्ट्रका अर्थमन्त्रीहरूबीच भएको सहमति एउटा महत्वपूर्ण कदम हो । यो असमान राहतबाट हामीले सङ्कटको भारलाई एक भएर सामना गर्नेछौँ,” मिसेलले भन्नुभयो । अर्थमन्त्रीहरूबीचको सहमति केही साताको बहसपछि भएको उपलब्धि हो तर इटली, फ्रान्स र अन्य केही मुलुकले ईयू राष्ट्रहरूका लागि प्रकोपबाट पैभावित मुलुकको अर्थतन्त्रलाई उकास्न संयुक्तरूपमा रकम उठाउन राखेका प्रस्ताव माथि सहमति भने हुन सकेको छैन ।

अर्थतन्त्रको सुधारका लागि उठाइएको बजेट कोषमा जम्मा हुने र यसलाई ईयूको दीर्घकालीन बजेटका रूपमा खर्च गरिनुपर्ने जर्मनीको राय छ भने अन्य मुलुकहरूले यसबारे छलफल हुनुपर्ने बताएका छन् । कोरोनाभाइरसको सङ्क्रमण र मृत्यु यूरोपका खासगरी जर्मनी, फ्रान्स र इटली अत्यधिक देखिएको छ भने लामो समयसम्म व्यवसायिक गतिविधिमा समस्या आउँदा तुलनात्मक आर्थिक हिसाबले कमजोर मानिने अन्य ईयू राष्ट्रहरूमा आर्थिक मन्दी देखिएको छ । (रासस/एएफपी)

चर्चामा

सम्बन्धित समाचार