आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • बोर्डरमा यस्तो डरलाग्दो अवस्था ! भारतबाट कोरोना संक्रमित नेपाल पस्ने खतरा ! के गर्दैछ सरकार ? (भिडियोसहित)
Breaking News

बोर्डरमा यस्तो डरलाग्दो अवस्था ! भारतबाट कोरोना संक्रमित नेपाल पस्ने खतरा ! के गर्दैछ सरकार ? (भिडियोसहित)

पर्सा, २८ चैत । भारतसँग सीमा जोडिएका पर्साका ग्रामिण क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलने खतरा देखिएको छ । पर्साको जिराभवानी गाउँपालिका-१ बलुवा भारतसँग खुला सीमा रहेको क्षेत्र हो । नेपाल र भारत दुवैतर्फ लकडाउन जारी रहेपनि खुला सीमाको दुरुपयोग गर्दै भारतबाट उपभोग्य सामग्री नेपाल भित्र्याउने क्रम रोकिएको छैन ।

बलुवाका स्थानीय नेसार सम्मानीका अनुसार यस्तो महामारीका बेला पनि लकडाउन उल्लघंन गर्दै भारतीय ब्यापारीले नेपालतर्फ उपभोग्य सामग्री निर्यात गर्न छाडेका छैनन् । मुख्य नाकामा सुरक्षाकर्मीको तैनाथी छ तर, जताततै खुला सीमा भएकाले कोरोना संक्रमित नेपाल पस्ने खतरा छु, उनले भने । के थाहा भारतीय व्यापारीबाट कोरोना नेपाल भित्रिने हो कि, उनले शंका ब्यक्त गरे ।

भारतमा कोरोना भाइरसका संक्रमित बढ्दै गइरहेका बेला नेपालका सीमावर्ती क्षेत्रमा खतरा बढेको छ । बीबीसीका अनुसार भारतमा विहीबारसम्म ५ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने हालसम्म १ सय ६६ जनाले ज्यान गुमाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार