मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • महानगरद्वारा क्षेत्रीय अस्पताललाई स्प्रे मेसिन
स्वास्थ्य

महानगरद्वारा क्षेत्रीय अस्पताललाई स्प्रे मेसिन

चिप्लेढुङ्गा, २८ चैत: कोरोना सङ्क्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) हाइ प्रेसर वाटर स्प्रे मेसिन प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यलाई उक्त मेसिन हस्तान्तरण गर्नुभयो ।

प्रमुख जिसीले अस्पतालमा धेरै मान्छे आवतजावत हुने भएकाले सङ्क्रमण फैलिन नपाओस् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरेकोे बताउँदै स्प्रेको प्रयोगबाट कोरोनाको भाइरस १० मिनेटमा मर्ने बताउनुभयो । निर्देशक डा अर्जुन आचार्यले अस्पताललाई सुरक्षित बनाउन महानगरले गरेको सहयोगले सङ्क्रमण रोक्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै महानगरपालिकाले स्थापना गरेको राहत कोषमा मन्टेश्वरी एशोसिएशन कास्कीले रु ५५ हजार ५५५ सहयोग गरेको छ । मन्टेश्वरी एशोसिएशन कास्कीका अध्यक्ष मिलन केसीले प्रमुख जिसीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार