मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • प्रधानमन्त्री ओली लगायत विशिष्ट व्यक्ति वि$रुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने समातिए
Breaking News

प्रधानमन्त्री ओली लगायत विशिष्ट व्यक्ति वि$रुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने समातिए

काठमाडौँ २८ चैत: प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले समातेका छन् । समातिनेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका ५ का ४६ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले प्रधानमन्त्री ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्यादित कार्य गरेको पाइएपछि प्रहरीको साइबर ब्यूरोको टोलीले दुवैलाई समातेका हुन् । बिहीबार समातिएका उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ र विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानूनअनुसार अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार