बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • शुक्रबारदेखि विराटनगरबाट पनि स्वाब परीक्षण
स्वास्थ्य

शुक्रबारदेखि विराटनगरबाट पनि स्वाब परीक्षण

विराटनगर, २८ चैत:  शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्ने जानकारी दिनुभयो ।

सो अस्पतालमा अब दैनिक करिव ९६ जनाको नमूना सङ्कलन गर्न सक्ने क्षमता भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा दैनिक २० जनाको मात्रै स्वाब परीक्षण गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ ।

परीक्षण आरम्भका लागि काठमाडौँस्थित वीर अस्पतालका जेनेटिक साइन्टिस्ट वलराम गौतम पनि यहाँ आउनुभएको छ । शुक्रबारदेखि प्रदेशका क्वारेन्टाइनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट पनि कोरोना भाइरसको शङकास्पद विरामीको रगतको नमूना परीक्षण शुरु गरिने भएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार