आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • लुम्बिनीमा चार घर जलेर नष्ट
समाज

लुम्बिनीमा चार घर जलेर नष्ट

रुपन्देही, २७ चैतः लुम्बिनीमा आज साँझ आगलागी हुँदा चार घर जलेका छन् । पाँच बजे भएको आगलागीबाट लुम्बिनी सांस्कृतिक नगरपालिका ४, खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

आगलागीबाट घरका सबै सामान जलेर नष्ट भएको छ । स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् चुहिएर भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार