मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
समाज

मृतावस्थामा युवक फेला

झिमरुक, २७ चैत: प्युठानको स्वर्गद्वारी नगरपालिका—७ भिग्रीका करिब ३५ वर्षीय थमुराम कालाथोकी आज मृतावस्थामा फेला परेका छन् । स्वर्गद्वारीको जङ्गलमा वेबारिसे अवस्थामा कालाथोकीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

झन्डै डेढ महिनाअघिदेखि हराइरहेका उनी आज मृतावस्थामा फेला परेको उहाँको भनाइ छ । कालाथोकीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने पनि उहाँले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार