मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • बेथे सागका आश्चर्यजनक फाइदाहरु, पिसाब पोल्नेदेखि क्यान्सरसम्मका लागी गर्छ औषधीको काम, जान्नुहोस् अन्य फाइदाहरु
स्वास्थ्य

बेथे सागका आश्चर्यजनक फाइदाहरु, पिसाब पोल्नेदेखि क्यान्सरसम्मका लागी गर्छ औषधीको काम, जान्नुहोस् अन्य फाइदाहरु

काठमाडौँ । सागसब्जीमा बेथे ‘चौलाई’ को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यसको सेबनले कुनै प्रकारको पनि छाला रोग यसको पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ ।

एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ ।पाठेघर होस् वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भवतीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ । ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ ।ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितीका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ ।

यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो आहार ९खाना०मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो ।

बेथेलाई आफ्नो आहार खानामा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । त्यस्तै पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन मा पनि यसको प्रयोग गर्न सकिन्छ । एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।

चर्चामा

सम्बन्धित समाचार