मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • छालामा अचानक निलो दाग देखिन्छ भने हेलचेक्राइँ नगर्नुस्…
स्वास्थ्य

छालामा अचानक निलो दाग देखिन्छ भने हेलचेक्राइँ नगर्नुस्…

हाम्रो शरीरको विभिन्न ठाउमा कहिले कहिँ अचानक रगत जमेको जस्तो निलो दागहरु देखिने गर्छ । यस्तो निलो दाग न चोटपटक न कुनै बाहिरी कारणले नै हुने गर्छ । राती केहि चाल नपाई गहिरो निन्द्रामा सुतेको वा धेरै सुतेको व्यक्तिको शरीरमा यस्तो दाग अचानक देखिन सकिन्छ, बिस्तारै पर्पल र गहिरो रङ भएर जान्छ र केहि दिनमा आफै निको हुन्छ । शरीरमा अचानक यसप्रकारको निलो दाग देखिएमा, बोक्सीले टोकेको एउटा अन्धविश्वास समेत रहेको देखिन्छ ।

छालको कुनै भागमा चोट लाग्दा वा कतै ठोक्किदा रक्त नलिमा क्षति पुग्न गइ ठोकिएको भागमा निलो दाग देखिने गर्छ । चोट लाग्दा वा अन्जानमा ठोकिदा उक्त ठाउँमा रगत जम्ने गर्छ र यस्तो निलो दाग बस्न जान्छ । तर, कहिले काही विना चोटपटक पनि हाम्रो शरीरमा यस्तो दाग हुने गर्छ । बंशाणुगत कारणले पनि छालामा यस्तो निलो दाग देखिन सक्छ । हाम्रो शरीरमा रगत उत्पादन गर्ने क्षमता कमजोर भएको खण्डमा पनि शरिरमा निलो दाग देखिन सक्छ ।

धेरै जसो भिटामिन सी, के र मिनरलले तरल पदार्थबाट रगत बनाउने र चोट लागेको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । त्यसैले शरीरमा भिटामिन तथा मिनिरलको कमी हुँदा छालामा यस्तो निलो दाग देखिने गर्छ । शरीरमा आइरनको कमीले एनिमियाको समस्या हुन सक्ने भएकोले आइरनको कमीले पनि शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण मध्ये एक हो । बढी उमेरका मानिसमा वा बृद्धहरुमा यस्तो निलो दाग देखिने मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो । यस्तो सुर्यको किरणले रक्तनलीलाई कमजोर बनाएर शरीरमा पहिले रातो र बिस्तारै निलो रंगको दाग बनाउने गर्छ ।

शरिरमा निलो दाग हुनुको अर्को मुख्य कारण भनेको हामीले अत्याधिक गरेको एक्सरसाइज पनि हुन सक्छ । आवश्यकता भन्दा बढी एक्सरसाइज वा बढी तौल उठाउने गर्दा मांशपेशीमा धेरै बल पर्न जान्छ र शरिरका विभिन्न भागमा निलो दाग देखिन थाल्छ । हाम्रो शरीरको कोलोजन नामक विकार तत्वको कारणले गर्दा हाम्रो कोशिका र रक्त नलीलाई कमजोर बनाएर रगत नलीलाई सजिलै टुटाउने गर्छ । जसले गर्दा शरिरका विभिन्न ठाउँमा निलो दागहरु देखिन सक्छ ।

हाम्रो शरीरमा प्रोटीनको तुलनामा रगतको कमी भएमा सानो चोटपटक तथा ठोकिएपछि अत्याधिक रगत बग्ने गर्छ र यस्तो समस्याबाट पीडित व्यक्तिलाई सानो मात्र चोट लाग्दा पनि ठूल्ठूला निला दाग हुने गर्छ । रगत पातलो बनाउने औषधीको तथा माछाको तेल, धेरै लसुनको सेवन तथा विभिन्न खानेकुराको प्रयोग गर्दा हाम्रो रगतलाई जम्नबाट रोक्ने काम गर्छ र हाम्रो शरीरमा यस्तो समस्याहरु देखा पर्न सक्छ । क्यान्सर भएको बेलामा र क्यान्सरको उपचार गर्दा गरिने किमोथेरापीका कारणले शरिरमा पटक पटक निलो दाग देखिने गर्छ । शरीरमा धेरै जसो निलो दागहरु देखा पर्ने गर्छ भने यसलाई हेलचक्राई गर्नु हुँदैन । यस्तो दागहरु हाम्रो शरीरमा क्यान्सरको संकेत समेत हुन सक्छ ।

चर्चामा

सम्बन्धित समाचार